Skip to content
LAXMI SUNRISE BANK

आन्दोलनरत नेपाल टेलिकमका कर्मचारीहरुको चेतावनी, भन्छन् ‘अब व्यवस्थापनविरुद्ध कडा आन्दोलनमा जान्छौं’ (भिडियो)

अर्थ सरोकार

काठमाडौँ । आन्दोलनरत नेपाल टेलिकमका कर्मचारीहरुले आफूहरुको माग तत्काल सम्बोधन नभए टेलिकम व्यवस्थापनविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएक छन् । आफूहरुको सबै सेवा, सुविधा कटौति हुने गरी गत साउन १ गतेबाट जारी गरिएको विनियमावली तत्काल फिर्ता लिन दवाव दिँदै आएका टेलिकमका कर्मचारीहरुले अव पनि सम्बोधन नभए कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका हुन् ।
कम्पनी संचालक समिति र व्यवस्थापनले आफू अनुकूल तर ४ हजारभन्दा बढि कर्मचारी प्रतिकूल हुने गरी विनियमावली ल्याएकाले त्यसको विरोधमा केन्द्रिय कार्यालय परिसरमा जारी अनसनलाई निरन्तरता दिन बाध्य हुनु परेको नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष यादवप्रसाद पनेरीले जानकारी दिनु भयो । उहाँले आफूहरुको सो माग सम्बोधन नभए नेपाली टेलिकमको संचालक समिति र व्यवस्थापनविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिनु भयो ।
टेलिकम संचालक समितिले आफूहरुको अधिकार कटौति गरी जारी गरेको सो विनियमावलीविरुद्ध त्यहाँका कर्मचारीहरुले गत साउन ५ गतेदेखि केन्द्रिय कार्यालयमा धर्नासहितका विरोध कार्यक्रमलाई निरन्तरता दिईरहेका छन । २८ दिन बित्दा समेत पनि आफूहरुको माग सुनुवाई नभएको भन्दै टेलिकम कर्मचारीहरु संचालक समिति र व्यवस्थापन विरुद्ध झनै आक्रोशित भएका छन् । उनीहरुले टेलिकमको सेवामा गुणस्तर वृद्धि, सुशासन र लगानी अनुसारको प्रतिफल निकाल्न पनि व्यवस्थापनलाई जिम्मेवार बन्न दवाव दिँदै आएका छन् । हेर्नुहोस् भिडियो :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK