×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दोहोरो अंकले बढ्यो नेप्से, २१ अर्ब ३१ करोडमाथिको कारोबार हुँदा विकास बैंक समूहमा लगानीकर्ताहरुको आकर्षण बढ्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

दोहोरो अंकले बढ्यो नेप्से, २१ अर्ब ३१ करोडमाथिको कारोबार हुँदा विकास बैंक समूहमा लगानीकर्ताहरुको आकर्षण बढ्यो

Artha Sarokar

२ भाद्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से दोहोरो अंकले बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ३८.२८ अंकले बढेर ३१९८.६० बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज कुल २२८ कम्पनीको ३ करोड ६५ लाख ९ हजार ७५१ कित्ता सेयर खरिद बिक्री हुँदा २१ अर्ब ३१ करोड ३४ लाखमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार नेशनल हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको ७८ करोड ८६ लाख बढीको सेयर कारोबार भएको छ । आज ३ समूहबाहेकका सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै शिवम सिमेन्टका लगानीकर्ताले कमाएका छन् । साथै आज विकास बैंक समूह सबैभन्दा धेरै अंकले बढेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी