काठमाडौं । गत आर्थिक वर्षको चौंथो त्रैमासमा नेरुडे लघुवित्त वित्तीय संस्थाले १८ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा अघिल्लो वर्षको तुलनामा १५७.३१% ले धेरै हो । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले ७ करोड ८ लाख ६५ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो ।
सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार कम्पनीको असारसम्म २ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन गरेको ७ अर्ब ९० करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने खुद ब्याज आम्दानी ४७.४८% र सञ्चालन नाफा १५७.३१% ले बढेको छ ।
यस्तै हाल कम्पनीको चुक्ता पूँजी ४९ करोड ३८ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ६३ करोड ५२ लाख रुपैयाँ रहेको छ । साथै प्रतिसेयर आम्दानी २१ रुपैयाँ ४२ पैसाले बढेर ३६ रुपैयाँ ९२ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ २२८ रुपैयाँ ६३ पैसा रहेको छ ।