×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ङादी ग्रुप पावरको खुद नाफामा ११०.२६% को छलाङ, प्रतिसेयर आम्दानीसहित अरु सूचकको अवस्था यस्तो (विवरणसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार

PRIME CA
laxmi sunrise bank

ङादी ग्रुप पावरको खुद नाफामा ११०.२६% को छलाङ, प्रतिसेयर आम्दानीसहित अरु सूचकको अवस्था यस्तो (विवरणसहित)

काठमाडौं । ङादी ग्रुप पावरको खुद नाफा ११०.२६% ले बढेको छ । कम्पनीले अघिल्लो वर्षको सोही अवधिमा ५ करोड ८३ लाख ९१ हजार रुपैयाँ मात्र रहेको खुद नाफा बढाएर १२ करोड २७ लाख ७१ हजार रुपैयाँ पुर्याएको हो ।यस्तै कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानीमा भने ३५.३३% गिरावट आएको छ ।
असार मसान्तसम्म प्रतिसेयर आम्दानी २४ रुपैयाँ ९३ पैसा र प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ १४ पैसा रहेको कम्पनीले जनाएको छ । असार मसान्तसम्म गैर सञ्चालन आम्दानी १३ करोड ८ लाख ४४ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष भने यस्तो आम्दानी १२ लाख ७४ हजार रुपैयाँ मात्र थियो ।
हाल कम्पनीको चुक्ता पूँजी ५८ करोड ९१ लाख १० हजार रुपैयाँ र रिटेन्ड अर्निङ १३ करोड ६३ लाख ३ हजार रुपैयाँ पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: