×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंकले ल्यायो मेरो माइक्रोफाइनान्ससहित ३ कम्पनीको संस्थापक सेयर बिक्रीमा, कुन कम्पनीको भाउ कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

एनआईसी एशिया बैंकले ल्यायो मेरो माइक्रोफाइनान्ससहित ३ कम्पनीको संस्थापक सेयर बिक्रीमा, कुन कम्पनीको भाउ कति ?

Artha Sarokar

१९ श्रावण २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले संस्थापक सेयर लिलामीमा बिक्री खुल्ला गरेको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको तीन कम्पनीको संस्थापक सेयर आजदेखि लिलामीमा बिक्री खुलला गरेको हो । बैंकले आफ्नो स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, आरएमडीसी लघुवित्त वित्तीय संस्था र नागरिक लगानी कोषको संस्थापक सेयर लिलामीमा बिक्री खुल्ला गरेको हो ।

बैंकले नागरिक लगानी कोषको ३ लाख ५० हजार ३६९ कित्ता, मेरो माइक्रोफाइनान्सको ८९ हजार ४३९ कित्ता र आरएमडीसी लघुवित्तको ३ लाख १० हजार १६५ कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्री खुल्ला गरेको हो । सो सेयरमा साउन २९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गरी आवेदन दिन सकिनेछ । लिलामीमा ल्याएको मेरो माइक्रोफाइनान्सको प्रतिकित्ता ५९५ रुपैयाँ तोकिएको छ ।

यस्तै नागरिक लगानी कोषको प्रतिकित्ता १ हजार ४६३ रुपैयाँ तोकिएको तोकिएको छ भने आरएमडीसी लघुवित्तको प्रतिकित्ता न्यूनतम मूल्य ५०६ रुपैयाँ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीको सेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिनेछ ।

 

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी