×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

न्यादी हाइड्रोपावर कम्पनीको आइपीओमा ३१ लाख ६९ हजार १२३ कित्ताका लागि आवेदन पर्यो, अब दिन २ दिन मात्रै बाँकी

PRIME CA
GLOBAL IME BANK

न्यादी हाइड्रोपावर कम्पनीको आइपीओमा ३१ लाख ६९ हजार १२३ कित्ताका लागि आवेदन पर्यो, अब दिन २ दिन मात्रै बाँकी

१३ भाद्र २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीको आइपीओमा ९ हजार आवेदकले आवेदन दिएका छन् । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार शुक्रबारसम्म ९ हजार ११२ जना आवेदकले ३१ लाख ६९ हजार १२३ कित्ताका आवेदन दिएका हुन् । कम्पनीको सो सेयरमा लगानीकर्ताले भदौ १५ गतेसम्म आवेदन दिन सक्ने भएका हुन् । यद्यपि उक्त समयमा सबै सेयर बिक्री नभएमा भदौ ३० गतेसम्म खुला रहनेछ ।
यस कम्पनीले भदौ १ गतेदेखि आइपीओ बिक्रीमा ल्याएको हो । कम्पनीले लमजुङका आयोजना प्रभावित स्थानीयलाई १५ लाख कित्ता र संस्थापक सेयरधनी संस्थाका कर्मचारीलाई ३ लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । कम्पनीले अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका वडा नं ३, ६, ७ र ८ का स्थानीयलाई ५ लाख कित्ता र उक्त क्षेत्रबाहेक लमजुङ जिल्लाको अन्य क्षेत्रमा बस्ने स्थानीयलाई १० लाख कित्ता आइपीओ छुट्याएको छ । यस्तै न्यादीका संस्थापक सेयरधनी संस्थाहरु बुटवल पावर कम्पनी र लमजुङ विद्युत विकास कम्पनीका कर्मचारीहरुका लागि ३ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछ । प्रतिकित्ता १०० रुपैयाँ दरले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
स्थानीयले ग्लोबल आइएमई बैंकको लमजुङ जिल्लाभर रहेका शाखा, सिभिल बैंकको भुलभुले शाखा र एनएमबि बैंकको बेशीसहर शाखाबाट आवेदन दिन सक्नेछन् । यता संस्थापक सेयरधनी संस्थाका कर्मचारीले भने न्यादी हाइड्रोपावरको कार्यालय बुद्धनगर, काठमाडौंबाट आवेदन दिन सक्नेछन् । यस आइपीओमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ । केयर रेटिङ नेपालले यस कम्पनीलाई ‘केयर रेटिङ डबल बी’ इस्युअर रेटिङ दिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: