×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पञ्चकन्या माई हाइड्रोपावर कम्पनीको नाफा १ लाख ३१ हजार ६३४ रुपैयाँ, जगेडा कोष १९ करोड ९० लाख रुपैयाँ ऋणात्मक

PRIME CA
GLOBAL IME BANK

पञ्चकन्या माई हाइड्रोपावर कम्पनीको नाफा १ लाख ३१ हजार ६३४ रुपैयाँ, जगेडा कोष १९ करोड ९० लाख रुपैयाँ ऋणात्मक

११ भाद्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले १ लाख ३१ हजार ६३४ रुपैयाँ नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । अघिल्लो वर्ष कम्पनी ४ करोड ३ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।
कम्पनीले यो त्रैमासमा कर्मचारी र अन्य सञ्चालन खर्च घटाएर ३२ करोड ८१ लाख रुपैयाँमा झरेको कम्पनीले जनाएको छ । कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी भने २२ करोड ५९ लाख रुपैयाँबाट घटेर २० करोड ३८ लाख रुपैयाँमा सिमित भएको छ ।
असार मसान्तसम्म आइपुग्दा कम्पनीको चुक्ता पूँजी १ अर्ब १० करोड रुपैयाँ रहेको छ भने जगेडा कोष भने १९ करोड ९० लाख रुपैयाँ ऋणात्मक रहेको छ । यता प्रतिसेयर १ पैसा मात्र रहेको छ भने प्रतिसेयर नेटवर्थ ८१ रुपैयाँ ८९ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: