×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नागरिक उडड्यन प्राधिकरण परिसरमा सांकेतिक प्रदर्शनमा ट्रेकिङ ट्राभल्स र्याफ्टिङ मजदुर युनियन (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नागरिक उडड्यन प्राधिकरण परिसरमा सांकेतिक प्रदर्शनमा ट्रेकिङ ट्राभल्स र्याफ्टिङ मजदुर युनियन (भिडियो रिपोर्ट)

Artha Sarokar

३१ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सामाजिक सुरक्षा ऐन लागू गर्न दबाव दिँदै नेपाल ट्रेकिङ ट्राभल्स र्याफ्टिङ एयरलाइन्स सांस्कृतिक प्राकृतिक मजदुर युनियनले सांकेतिक प्रदर्शन गरेको छ । आईतवार बिहान युनियनले सामाजिक सुरक्षा ऐन लागू नगरेको र मजदुरको सामाजिक सुरक्षा नकाटेको भन्दै बबरमहलस्थित नागरिक उडड्यन प्राधिकरण परिसरमा विरोध प्रदर्शन गरेको हो । युनियनले बारम्बार मजदुरको सामाजिक सुरक्षा भत्ता काट्नुपर्छ भनेर पत्र काट्दा नागरिक उड्ययन प्राधिकरण र त्यस अन्तरगतको सिभिल इन्जिनियरिङ शाखाले जुन ठेकेदारले श्रमीकको सामाजिक सुरक्षा भत्ता काट्दैन त्यही ठेकेदारलाई ठेक्का दिने गरेपछि बाध्य भएर प्रदर्शनमा उत्रिएको बताएको छ ।
युनियनका केन्द्रीय कमिटी अध्यक्ष सुमनप्रसाद पराजुलीले सिभिल इन्जिजियरिङ महाशाखा र आउट सोर्सिङ कम्पनी मिलेर कमिसन खाएर एउटै ठेकेदारलाई बारम्बार ठेक्का आह्वान गरिरहेकोले बाध्य भएर आफूहरु आन्दोलनमा उत्रनु परेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले बारम्बार नागरिक उड्ययन प्राधिकरणलाई श्रमीकको सामाजिक सुरक्षा लागू गर्नुपर्यो भन्यौँ । नेपाल सरकारले घोषणा गरेको सामाजिक सुरक्षा लागू नगर्नेको बैंक खाता रोक्नुपर्छ, सामाजिक सुरक्षा ऐन लागू गर्न भन्दा पनि नागरिक उड्ययन प्राधिकरण र त्यस अन्तरगतको सिभिल इन्जिनियरिङ शाखामा बारम्बार ताकेता गर्दा ठेकेदारलाई केही भन्न नसक्ने र ठेकेदारलाई झनै प्रोत्साहन गरेकोले हामी बाध्य भएर आन्दोलनमा उत्रिएका हौँ, यो सांकेतिक मात्रै हामी भोलि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र यहाँको ठेकेदार कम्पनी, इन्जिनियरिङ शाखा, नागरिक उड्ययन प्राधिकरण भ्रष्टाचारको आडमा सामाजिक सुरक्षा भत्ता काटेन भनेर उजुरी हाल्नेछौँ, नागरिक उड्ययन प्राधिकरणको मुख्य कार्यालय घेराउ गर्नेछौँ ।”
उहाँले यो मुद्दालाई अन्तर्राष्ट्रिय आयोगमा पनि सुनुवाइका लागि मुद्दा हाल्ने चेतावनी दिनुभयो । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी