काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमासमा प्राइम लाइफ इन्स्योरेन्सको नाफा सामान्य बढेको छ । कम्पनीको नाफा ३.२५% ले बढेर ३० करोड ८२ लाख रुपैयाँ पुगेको हो । अघिल्लो वर्ष यसले २९ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीले जीवन बिमा कोषको आकार पनि २८.०४% ले बढेर १४ अर्ब ६९ करोड रुपैयाँ पुगेको जनाएको छ भने प्रतिसेयर आम्दानी १२ रुपैयाँ ७५ पैसा र प्रतिसेयर नेटवर्थ भने १३५.०७ पैसा रहेको छ । अघिल्लो वर्षको यसैअवधिमा प्राइमको जीवन बिमा कोषमा ११ अर्ब ४७ करोड रुपैयाँ थियो ।
साथै चुक्ता पूँजी २ अर्ब ४१ करोड रुपैयाँ र जगेडा कोषमा ६९ करोड २६ लाख रुपैयाँ रहेको यस कम्पनीको खुद बिमा शुल्क २२.११% ले बढेर ३ अर्ब ०८ करोड रुपैयाँ पुगेको छ ।