×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पुष्पजन्य वस्तुहरु आयात गर्ने काम रोक्न नसकेको भन्दै पुष्प व्यवसायीद्वारा ललितपुरमा सरकारको चर्को विरोध (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

पुष्पजन्य वस्तुहरु आयात गर्ने काम रोक्न नसकेको भन्दै पुष्प व्यवसायीद्वारा ललितपुरमा सरकारको चर्को विरोध (भिडियो)

Artha Sarokar

२० श्रावण २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

ललितपुर । अवैध तथा अनियन्त्रित ढंगले पुष्प तथा पुष्पजन्य बस्तुहरु आयात गर्ने काम रोक्न नसकेको भन्दै पुष्प व्यवसायीहरुले सरकारको चर्को विरोध गर्दै ¥याली निकालेका छन । फ्लोरिकल्चर एशोसिएशन नेपाल र नर्सरी तथा पुष्प उत्पादक किसान संघको आह्वानमा अवैध तथा अनियन्त्रित ढंगले पुष्प तथा पुष्पजन्य बस्तुहरु आयात गर्ने कामलाई रोक्न नसकेको भन्दै व्यवसायीहरुले सरकारविरुद्ध ¥यालीसहितको प्रर्दशन गरेका हुन । बुधबार दिउँसो ललितपुरको मानभवनमा विरोध प्रर्दशनमा उत्रिएका उनीहरुले आफूहरुको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गर्दैै ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौंलालाई ज्ञापन पत्र समेत बुझाएका छन ।

ज्ञापन पत्रमा अवैध ढंगले करछली गरेर नेपालमा पुष्प तथा पुष्पजन्य बस्तुहरु आयात गर्नेहरुमाथि कडा कारवाही गर्न पनि सरकारसँग माग गरिएको एशोसिएशनका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिनु भयो । उहाँले कोरोनाका कारण थला परेको नेपालको पुष्प व्यवसायलाई सरकारले बेवास्ता गरेको भन्दै आक्रोश समेत व्यक्त गर्नु भयो । स्वदेशी पुष्प व्यवसायको विकास र प्रवद्र्धनका लागि ठोस योजना ल्याउन नसकेको, भारतलगायतका मुलुकबाट आयातित अवैध पुष्प व्यापारलाई नियन्त्रण गर्न सरकारले नसकेकोमा पुष्प व्यवसायीहरुको आक्रोश छ । पुष्प व्यवसायमा नेपाल आत्मनिर्भर हुन सक्ने अवस्था हुँदाहुँदै पनि सरकारले त्यस खालको वातावरण बनाउने काम नगरेको व्यवसायीहरुको आरोप छ । हेर्नुहोस् भिडियोः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी