×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकद्वारा असार मसान्तसम्मको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक, शोधनान्तर १ अर्ब २३ करोड रुपैयाँ बचतमा

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार

PRIME CA
laxmi sunrise bank

नेपाल राष्ट्र बैंकद्वारा असार मसान्तसम्मको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक, शोधनान्तर १ अर्ब २३ करोड रुपैयाँ बचतमा

काठमाडौं । नेपाल राष्ट्र बैंकको गत आर्थिक वर्षको अन्त्यसम्मको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक भएको छ । राष्ट्र बैंकले असार मसान्तसम्म शोधनान्तर स्थिति १ अर्ब २३ करोड रुपैयाँले बचतमा रहेको जनाएको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ८२ अर्ब ४१ करोड रुपैयाँले बचतमा रहेको थियो ।
यस्तै असार मसान्तसम्म चालु खाता ३ खर्ब ३३ अर्ब ६७ करोड रुपैयाँले घाटामा रहेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३३ अर्ब ७६ करोड रुपैयाँले घाटामा रहेको राष्ट्र बैंकले जनाएको हो ।
राष्ट्र बैंकका अनुसार असार मसान्तमा औसत उपभोक्ता मुद्रास्फीति ३.६०% रहेको छ भने गत आर्थिक वर्षमा कुल वस्तु निर्यात ४४.४% ले बढेर १ खर्ब ४१ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । साथै कुल वस्तु आयात २८.७% ले बढेर १५ खर्ब ३९ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: