×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय बिमा कम्पनीको खुद नाफा ३६ करोड रुपैयाँमा खुम्चियो, बिमा कोषमा २ अर्ब २५ करोड रुपैयाँ (विस्तृत विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

राष्ट्रिय बिमा कम्पनीको खुद नाफा ३६ करोड रुपैयाँमा खुम्चियो, बिमा कोषमा २ अर्ब २५ करोड रुपैयाँ (विस्तृत विवरणसहित)

Artha Sarokar

१ भाद्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । राष्ट्रिय बिमा कम्पनीले ३६ करोड रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा अघिल्लो वर्ष भन्दा ४३.५७% ले थोरै हो । अघिल्लो वर्ष यस कम्पनीले ६३ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीले कर्जा तथा अन्य लगानीबाट हुने आम्दानी घटेर ३३ करोड ४० लाख रुपैयाँमा खुम्चिएको छ । कम्पनीले बिमा कोषको आकार भने ८% ले बढाएर २ अर्ब ४३ करोड रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष यसको बिमा कोषमा २ अर्ब २५ करोड रुपैयाँ रहेको थियो ।
कम्पनीले असार मसान्तसम्म २२ करोड ६९ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ भने कम्पनीको रिजर्भ कोषमा ३ अर्ब १४ करोड रुपैयाँ छ । साथै कम्पनीको प्रतिसेयर आम्दानी १३५ रुपैयाँ १४ पैसा (वार्षिक) रहेकोछ भने प्रतिसेयर नेटवर्थ १ हजार २८० रुपैयाँ ८१ पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी