×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

६० लाख कित्ता आइपीओ बिक्रीमा ल्याउने तयारीमा रहेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नाफा ५.४१% ले बढ्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

६० लाख कित्ता आइपीओ बिक्रीमा ल्याउने तयारीमा रहेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नाफा ५.४१% ले बढ्यो

Artha Sarokar

२७ श्रावण २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले २२ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । जुन अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ५.४१% धेरै हो । अघिल्लो वर्ष यसै अवधिमा २१ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
वित्तीय विवरण अनुसार प्रतिसेयर आम्दानी १६ रुपैयाँ १४ पैसा (वार्षिक) छ भने प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ९६ पैसा छ । यस्तै कम्पनीले खुद बिमा शुल्क पनि १ अर्ब ५७ करोड रुपैयाँबाट बढाएर २ अर्ब ९५ करोड रुपैयाँ पुर्याउन सफल भएको छ । जीवन बिमा कोषको आकार पनि १२०.८९% ले बढाएर २ अर्ब ५८ करोड रुपैयाँ पुर्याएको छ ।
असार मसान्तसम्ममा कम्पनीले ७५ अर्ब रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । कम्पनीको जगेडा कोषमा भने ८४ करोड ३५ लाख रुपैयाँ रहेको छ ।  यो कम्पनी ६० लाख कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा ११२ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २१२ रुपैयाँमा आइपीओ बिक्री अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केटले गर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी