काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले ७ करोड १ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको यो नाफा अघिल्लो वर्षको भन्दा ६१.७१% ले बढी हो । अघिल्लो वर्ष यसै अवधिमा रिलायन्सले ४ करोड ३३ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
असार मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ३४ पैसा र प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ ७६ पैसा रहेको छ । यस्तै जीवन बिमा कोष र खुद बिमा शुल्कमा पनि वृद्धि भएको छ ।
जीवन बिमा कोषको आकार १२९.२४% ले बढेर २ अर्ब ६३ करोड ७ लाख ५० हजार रुपैयाँ पुगेको छ भने खुद बिमा शुल्क ८३.९०% ले बढेर २ अर्ब ५१ लाख ७५ हजार ५४ हजार रुपैयाँ पुगेको छ ।