×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Q4 Report : सगरमाथा इन्स्योरेन्सको खुद नाफा १८.५८% ले वृद्धि हुँदा बिमा कोषको आकार १ अर्बमाथि (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

Q4 Report : सगरमाथा इन्स्योरेन्सको खुद नाफा १८.५८% ले वृद्धि हुँदा बिमा कोषको आकार १ अर्बमाथि (विवरणसहित)

Artha Sarokar

३१ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले असार मसान्तसम्म ४५ करोड १५ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षमा ३८ करोड ८ लाख १८ हजार रुपैयाँ रहेको खुद नाफा असार मसान्तसम्म १८.५८% ले वृद्धि गरेको हो ।
यो अवधिसम्म आउँदा कम्पनीले १ अर्ब २३ करोड ५६ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । सगरमाथको लगानी, कर्जा तथा अन्यबाट आम्दानी ६७.२७% ले बढेर २१ करोड ३४ लाख ५५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १२ करोड ७६ लाख १३ हजार रुपैयाँ मात्र थियो ।
कम्पनीको रिजर्भ कोष ३६.९७% ले बढेको छ भने बिमा कोष पनि १ अर्ब माथि पुगेको छ । प्रतिसेयर आम्दानी ४ रुपैयाँ ८५ पैसाले बढेर ४० रुपैयाँ ६३ पैसा पुगेको कम्पनीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी