×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहारा विकास बैंकले एकैसाथ बोलायो आठौँ, नवौं र दशौं वार्षिक साधारणसभा, यस्ता छन् पेस हुने एजेन्डा (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सहारा विकास बैंकले एकैसाथ बोलायो आठौँ, नवौं र दशौं वार्षिक साधारणसभा, यस्ता छन् पेस हुने एजेन्डा (विवरणसहित)

Artha Sarokar

२४ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सहारा विकास बैंकले तीन आर्थिक वर्षको साधारणसभा भदौ १२ गते हुने भएको छ । कम्पनीको साउन २२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले होटल कुसुम एण्ड पार्टी प्यालेस, मंगलावा, सर्लाहीमा बिहान १०:३० बजे आठौँ, नवौं र दशौं वार्षिक साधारणसभा बोलाएको हो ।
सभामा सहारा विकास बैंक गरिमा विकास बैंकसँग प्राप्ति हुने सम्बन्धि प्रस्ताव पारित गरिने छ भने सभाले सहारा विकास बैंक गरिमा विकास बैंकसँग प्राप्ति हुने प्रयोजनका लागि सम्पत्ति तथा दायित्वको मूल्यांकन लगायतका प्रस्तावमा छलफल गरी पारित गर्नेछ ।
यस्तै सभाले सञ्चालक समितिको प्रतिनिधित्व गर्ने संस्थापक सेयरधनीको तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने, तीन वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन पारित गर्नुका साथै लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण पनि गर्नेछ ।
बैंकको बुक क्लोज साविक देव विकास बैंकसँग गाभ्ने गाभिने प्रयोजनको लागि २०७४ जेठ २६ गतेदेखि रोक्का रहेकाले सो मितिको अघिल्लो दिनसम्म कायम सेयरधनीहरु सभामा सहभागिता हुन सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी