×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहारा विकास बैंकले ३ आर्थिक वर्षको वार्षिक साधारणसभा एकैदिन बोलायो, गरिमासँग विलय हुने प्रस्ताव पारित गरिने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सहारा विकास बैंकले ३ आर्थिक वर्षको वार्षिक साधारणसभा एकैदिन बोलायो, गरिमासँग विलय हुने प्रस्ताव पारित गरिने

Artha Sarokar

१० भाद्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सहारा विकास बैंकले ३ आर्थिक वर्षको वार्षिक साधारणसभा एकैदिन बोलाएको छ । बैंकले आर्थिक वर्ष २०७४/७५, ७५/७६ र ७६/७७ को वार्षिक साधारणसभा होटल कुसुम एन्ड पार्टी प्यालेस, मलंगवा सर्लाहीमा बिहान १०ः३० बजे भदौ १२ गते शनिबार बोलाएको हो ।सहारा विकास बैंकले ३ आर्थिक वर्षको वार्षिक साधारणसभा एकैदिन बोलायो, गरिमासँग विलय हुने प्रस्ताव पारित गरिने
काठमाडौं । सहारा विकास बैंकले ३ आर्थिक वर्षको वार्षिक साधारणसभा एकैदिन बोलाएको छ । बैंकले आर्थिक वर्ष २०७४/७५, ७५/७६ र ७६/७७ को वार्षिक साधारणसभा होटल कुसुम एन्ड पार्टी प्यालेस, मलंगवा सर्लाहीमा बिहान १०ः३० बजे भदौ १२ गते शनिबार बोलाएको हो ।
सभामा सहारालाई गरिमा विकास बैंकले एक्वयार गर्ने सम्बन्धमा भएका सम्पूर्ण सम्झौताहरु अनुमोदन गर्ने प्रस्ताव रहेको छ । यस्तै डीडीए रिपोर्टका आधारमा कायम भएको १ः१ सेयर स्वाप रेसियो पारित गर्ने प्रस्ताव छ । जस अनुसार सहाराको १ कित्ता सेयर हुनेले एक्विजिसनपछि गरिमाको १ कित्ता नै सेयर पाउनेछन् ।
साथै एक्विजिसनपछि ‘गरिमा विकास बैंक लिमिटेड’ को नामबाट एकीकृत कारोबार गर्ने प्रस्ताव पेश हुनेछ । सभामार्फत संस्थापक तथा सर्वसाधारण समूहबाट ३३ जना सञ्चालकहरुको निर्वाचन हुनेछ । गरिमासँग एक्विजिसनमा जाने सहमति गररेपछि गत जेठ २६ गतेदेखि सहाराको सेयर कारोबार रोक्का रहेकाले जेठ २५ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन सक्ने छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी