×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

साहस उर्जाको ३५ लाख कित्ता आइपीओ बिक्री खुला, सोलखुम्बुका आयोजना प्रभावितले १० कित्तादेखि भर्न पाउने

काठमाडौं । आज शुक्रबारदेखि साहस उर्जाले आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले सोलखुम्बु जिल्लाका आयोजना प्रभावितका लागि कुल ३५ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो । लगानीकर्ताले भदौ ११ गतेसम्म यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
सो समयसम्म सबै सेयर बिक्री नभएमा भने भदौ २७ गतेसम्म खुला रहनेछ । सोलखुम्बु जिल्लामा रहेको ग्लोबल आइएमई बैंकको सल्लेरी शाखा, नेपाल इन्भेष्टमेन्टको बैंकको लुक्ला शाखा, लक्ष्मी बैंकको मुग्ली र नेले शाखा, माछापुच्छ्रे बैंकको, सल्लेरी शाखा तथा प्राइम कमर्शियल बैंकको रमिते शाखाबाट आवेदन दिन सकिनेछ ।
यस्तै लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फतबाट पनि सेयर भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ । कम्पनीले अहिले सोलुखुम्बु जिल्लामा ८६ मेगावट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: