×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा माई हाइड्रोपावरको खुद नाफा १०.९१ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी १४ रुपैयाँ ४९ पैसा (विस्तृत विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सानिमा माई हाइड्रोपावरको खुद नाफा १०.९१ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी १४ रुपैयाँ ४९ पैसा (विस्तृत विवरणसहित)

Artha Sarokar

२८ श्रावण २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सानिमा माई हाइड्रोपावरले ४० करोड ६८ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा अघिल्लो वर्षको सोहि अवधिको तुलनामा १०.९१% ले बढी हो । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले ३६ करोड ६८ लाख ३९ हजार रुपैयाँँ खुद नाफा कमाएको थियो ।
कम्पनीले विद्युत् बिक्रीबाट हुने आम्दानी भने घटेको जनाएको छ । विद्युत बिक्रीबाट हुने आम्दानी १.२१% ले घटेर ८५ करोड ३ लाख ९ हजार रुपैयाँमा सीमित भएको छ । यस्तै प्रतिसेयर आम्दानी १४ रुपैयाँ ४९ पैसा र प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ रहेको पनि कम्पनीले जनाएको छ ।
गत वर्ष २४ करोड २० लाख रुपैयाँ रहेको वित्तीय लागत घटाएर अहिले १८ करोड २८ लाख रुपैयाँमा ल्याएको छ । सानिमाको चुक्ता पुँजी २ अर्ब ८० करोड ८४ लाख १० हजार रुपैयाँ छ भने रिटेन्ड अर्निङ शीर्षकमा ६७ करोड ४० लाख ४१ हजार रुपैयाँ राखिएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी