×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फोहोर व्यवस्थापनको काममा सरकार जिम्मेवारविहिन बन्दा नागरिक अभियन्ताले सुरु गरे फोहोर सिसडोल पुर्याउने अभियान (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

फोहोर व्यवस्थापनको काममा सरकार जिम्मेवारविहिन बन्दा नागरिक अभियन्ताले सुरु गरे फोहोर सिसडोल पुर्याउने अभियान (भिडियो)

Artha Sarokar

१५ भाद्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नागरिक अभियन्ताहरु आफैंले काठमाडौंको फोहोर सिसडोल डम्पिङ साईटसम्म पु¥याउने अभियान सुरु गरेका छन । नेपाल सरकार र काठमाडौं महानगरपालिकाले विगत २५ दिनयता काठमाडौं उपत्यकाको फोहोर उठाउन नसकेपछि सफाई अभियानमा लागि परेका नागरिक अभियन्ताहरुले मंगलबारबाट काठमाडौंको फोहोर उठाई सिसडोल डम्पिङ साईटसम्म पु¥याउने अभियान सुरु गरेका हुन । काठमाडौंको रत्नपार्कबाट सुरु गरिएको सो अभियानमा काठमाडौं उपत्यकाको विभिन्न स्थानमा सफाई अभियानमा जुट्दै आएका नागरिक समाजका अगुवाहरु रहेको विश्व सरसफाई अभियन्ता राज मानवले जानकारी दिनुभयो ।
उहाँले वर्षात् याममा फोहोरको व्यवस्थापन गर्ने काममा सरकार जिम्मेवार नभएपछि जिम्मेवार नागरिकको नाताले आफूहरुले सो फोहोर सिसडोलसम्म पु¥याएर महानगरपालिकालाई फोहोरमुक्त बनाउने अभियानलाई अगाडि बढाएको पनि स्पष्ट पार्नु भयो । अभियन्ता मानवले भन्नु भयो, ‘काठमाडौं महानगरपालिकाको फोहोरलाई सडकमा राख्नु हुँदैन । कोभिडको महामारी भईरहेको यो अवस्थामा फोहोर सडकमा राख्ने कुरा आउँदैन । त्यसमा नागरिक आफै सजग होऔं भन्ने अभियानमा साथ फोहोर उठाउने काम सुरु गरिएको हो । राजनीतिक दलहरुले हरेक भाषणमा यो फोहोरको समस्या समाधान हुन्छ भन्दै आएपनि यो समस्या समाधान हुन सकेन । त्यसैले काठमाडौंको फोहोरलाई जिम्मेवार नागरिकको हैसियतले आफैले व्यवस्थापन गर्नुपर्छ भनेर सफाई अभियान सुरु गरिएको हो । म यस अभियानमा जुटेर नेपाललाई फोहोर मुक्त बनाउने अभियानमा सहभागी हुन सबैलाई आह्वान गर्दछु ।’
सफाई अभियानमा बागमती सफाई अभियान, रुद्रमती सफाई अभियान, महाराजगंज सफाई अभियानलगायतका संस्थाहरु सहभागी भएका छन । अभियानमा सहभागी भएका अभियन्ताहरुले ‘म मेरो देश फोहोर गर्दिन’ लेखिएका प्लेकार्डहरु समेत प्रर्दशन गरेका थिए । काठमाडौंमा विगत २५ दिनयता फोहोर उठन नसकेपछि बिग्रिएको सडक तत्काल निर्माण गरी सिसडोलमा त्यसको उचित व्यवस्था गर्ने प्रबन्ध गर्न काठमाडौं महानगरपालिका र नेपाल सरकारमाथि चर्को दवाव परेको छ । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी