×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना संक्रमणले तयारी पोशाक निर्यातमा समस्या, पटक-पटकको लकडाउनले जोखिममा उद्योगीहरु (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

कोरोना संक्रमणले तयारी पोशाक निर्यातमा समस्या, पटक-पटकको लकडाउनले जोखिममा उद्योगीहरु (भिडियो रिपोर्ट)

२६ श्रावण २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

सुनसरी । कोरोनाका कारण सुनसरीमा रहेको तयारी पोशाक उद्योगलाई निर्यातमा समस्या देखिएको छ । तेस्रो मुलुकबाट पर्याप्त मात्रामा अर्डर नआउने र आएपनि कोरोनाका कारण असहज परिस्थितीले निर्यातमा समस्या देखिएको उद्योगले जनाएको छ । पूर्वकै ठूलो तयारी कपडा निर्यात कम्पनी मानिने पल्स फेसन सोलुसन प्रालि खनारले पहिलो चरणको लकडाउन सुरु भएयता कम्पनीको उत्पादन क्रमशः घट्दो क्रममा रहेको जनाएको छ ।
उद्योगका एक्सपोर्ट डिभिजन म्यानेजिङ डाइरेक्टर निमेश प्रधानका अनुसार कोरोनाका कारण उद्योगले कच्चा पदार्थ आयातमासमेत कठिनाईको सामना गरिरहनु परेको छ । तेस्रो मुलुकबाट अर्डर निकै कम मात्रामा आउने गरेकालेसमेत उद्योग संचालनमा चुनौती बढेको प्रधानको भनाई छ ।
तयारी पोशाक उद्योगसँगै सुनसरीको खनारमै रहेको बिस्कुट उद्योगलेसमेत कोरोनाका कारण राम्रो बजार पाउन नसकेको जनाएको छ । बिस्कुट तथा कन्फेक्सनरी उत्पादन गर्दै आएको एशिएन बिस्कुट एण्ड कन्फेक्सनरी प्रालिले विद्यालय तथा कलेजहरु बन्द रहँदा उत्पादन कटौतीको सामना गर्नु परिरहेको जनाएको छ । कोरोनाका कारण माग कम हुँदा उद्योग पूर्ववत अवस्थामा संचालनमा आउनै नसकेको उसले जनाएको छ ।
सुनसरीमा रहेका अधिकांश उद्योगले कोरोनाका कारण उत्पादन कटौतीको समस्या झेलेका छन् । पटक–पटकको लकडाउन झेलेका त्यस्ता उद्योग पछिल्लो समय तेस्रो लहरको जोखिम बढेकालेसमेत उत्पादन बढाएर जोखिम मोल्ने अवस्थामा छैनन् । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: