×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको वार्षिक साधारणसभा भदौ १८ गते हुने, बोनस र हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरिने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार

PRIME CA
laxmi sunrise bank

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको वार्षिक साधारणसभा भदौ १८ गते हुने, बोनस र हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरिने

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्टको वार्षिक साधारणसभा भदौ १८ गते हुने भएको छ । कम्पनीले सभा रजिष्टर्ड कार्यालय बालुवाटारमा बिहान ११ बजे जुम एपमार्फत बोलाएको हो ।
कम्पनीले सभामा १०% बोनस सेयरपछि ५०% हकप्रद जारी गर्ने प्रस्ताव पेस गर्नेछ । कम्पनीको साउन २४ गते बसेको सञ्चालक समिति बैठकले निर्णय गरे बमोजिम बोनस र हकप्रद जारी गर्ने प्रस्ताव सभामा पेश हुन लागेको हो । प्रस्तावित १०% बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५२६३% नगद लाभांश दिने प्रस्तव पनि रहेको छ ।
साथै बोनसपछि कायम हुने चुक्ता पुँजीको ५०% (२ः१ अनुपातमा) हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ । सो हकप्रद सभाले पारित गरी नियामक निकायबाट स्वीकृति पाएपछि मात्र जारी हुनेछ । सभाका लागि कम्पनीले भदौ ४ गतेदेखि १८ गतेसम्म बुक क्लोज गर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: