×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तेह्रथुम पावर कम्पनीको ४ लाख कित्ता आइपीओमा आवेदन दिने आइतबारसहित ३ दिन बाँकी, न्यूनतम १० कित्तादेखि भर्न सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

तेह्रथुम पावर कम्पनीको ४ लाख कित्ता आइपीओमा आवेदन दिने आइतबारसहित ३ दिन बाँकी, न्यूनतम १० कित्तादेखि भर्न सकिने

Artha Sarokar

१७ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । तेह्रथुम पावर कम्पनीको ४ लाख कित्ता आइपीओमा आवेदन दिने आजसहित ३ दिन बाँकी रहेको छ । कम्पनीको आइपीओमा  साउन १९ गते मंगलबारसम्म आवेदन दिन पाइने छ । कम्पनीले साउन ५ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई आइपीओ बिक्री खुला गरेको हो ।
यस कम्पनीले तेह्रथुम जिल्लाका आयोजना प्रभावितलाई प्रतिकित्ता १०० रुपैयाँ दरमा सो सेयर बिक्री खुला गरेको हो । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । उक्त समयसम्म सबै आइपीओ बिक्री नभएमा भने भदौ २ गतेसम्म बिक्री खुला रहनेछ ।
तेह्रथुमको आइपीओमा एनआएबीएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । लगानीकर्ताले माछापुच्छ्रे बैंकको हिले शाखा, ग्लोबल आइएमई बैंकको जिरिखिम्ती शाखा तथा नेपाल बंगलादेश बैंकको तेह्रथुम जिल्लामा रहेका शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सकिनेछ ।
यस्तै तेह्रथुम पावरको जलविद्युत आयोजना स्थलबाट पनि आइपीओका लागि आवेदन दिन सकिनेछ । यस कम्पनीले तेह्रथुम जिल्लामा ७.५ मेगावटको अपर खोरुङ स्मल हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ । यस जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ३४ करोड १७ लाख रुपैयाँ रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी