काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य ह्वात्तै घटेको छ । बिहीबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुनको मूल्य आज ५ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै तेजावी सुनको मूल्य पनि ५ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ७८ हजार ४ सय ४५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ७८ हजार १५ रुपैयाँ कायम गरेको छ । यस्तै प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ८४ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।