काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य घटेको छ । मंगलबार प्रतितोला ८९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ४ सयले घटेर प्रतितोला ८८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै तेजावी सुन मूल्य पनि ४ सयले घटेर प्रतितोला ८८ हजार ३ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७६ हजार १ सय ३० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ७५ हजार ७ सय ४५ रुपैयाँ तोकेको छ । यस्तै प्रति १० ग्राम चाँदीको मूल्य भने १ हजार २० रुपैयाँ कायम गरिएको छ ।