Skip to content
LAXMI SUNRISE BANK

शुक्रबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढेको छ । बिहीबार प्रतितोला ८९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३ सयले बढेर प्रतितोला ८९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै तेजावी सुनको मूल्य पनि ३ सयले बढेर प्रतितोला ८९ हजार २ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७६ हजार ९ सय ५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ७६ हजार ५ सय २० रुपैयाँ तोकेको छ । यस्तै प्रति १० ग्राम चाँदीको मूल्य भने १ हजार १६ रुपैयाँ कायम गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK