काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य ह्वात्तै बढेको छ । शुक्रबार प्रतितोला ८९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजारले बढेर प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै तेजावी सुनको मूल्य पनि ९ सय ५० रुपैयाँले बढेर प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७७ हजार ७ सय ६० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ७७ हजार ३ सय ३० रुपैयाँ तोकेको छ । यस्तै प्रति १० ग्राम चाँदीको मूल्य भने १ हजार ३३ रुपैयाँ कायम गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्