काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य स्थिर रहेको छ । सोमबार प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुनको मूल्य आज पनि स्थिर रहेर सोही मूल्यमा कारोबार भईरहेको छ । यस्तै तेजावी सुनको मूल्य पनि स्थिर रहेर प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य भने १० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ७९ हजार १ सय ३५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ७८ हजार ७ सय ५ रुपैयाँ कायम गरेको छ । यस्तै प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ९३ रुपैयाँ कायम गरिएको छ ।