काठमाडौं । गत आर्थिक वर्षको चौंथो त्रैमासमा विजय लघुवित्त वित्तीय संस्थाले ११ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा अघिल्लो वर्षको भन्दा १०३.७२% ले धेरै हो । अघिल्लो वर्ष कम्पनीले ५ करोड ८१ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो ।
यस्तै कम्पनीले खुद ब्याज आम्दानी ७४.२४% र सञ्चालन नाफा ७९.१२% ले बढेको जनाएको छ । हाल चुक्ता पूँजी २६ करोड ६५ लाख रुपैयाँ रहेको यस कम्पनीको रिजर्भ कोषमा १७ करोड ३३ लाख रुपैयाँ रहेको छ । असारसम्म ९९ करोड ३९ लाख रुपैयाँ निक्षेप संकलन गरेको विजयले ४ अर्ब ३१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।