काठमाडौँ । अटोमोवाइल्स एशोसिएसन अफ नेपाल (नाडा)ले ट्राफिक सचेतना अभियान सञ्चालन गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको सहकार्यमा नाडाले शुक्रबार काठमाडौंमा ट्राफिक सचेतना अभियान सञ्चालन गरेको हो । नाडाले ट्राफिक प्रहरीलाई पाँच हजार थान मास्क र १० हजार थान स्टिकर हस्तान्तरण पनि गरेको छ । ट्राफिक प्रहरीसँगै मिलेर त्रिपुरेश्वरमा यातायातका साधनहरुमा ट्राफिक सन्देश बोकेका स्टिकरहरु टाँस्ने लगायतको जनचेतनामूलक काममा सहभागी भईएको नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले बताउनुभयो ।
अभियानमा हर्न निषेध, ट्राफिक नियम पालना गरौँलगायतको स्टिकर सवारी साधनमा टाँसिएको थियो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी संजिव शर्माले मास्क लगाउनकालागि ट्राफिक प्रहरीले विभिन्न संघसंस्थाको सहकार्यमा निरन्तर अभियान चलाइरहेको बताउनुभयो । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हर्न नबजाउन र अनिवार्य रुपमा मास्क लगाउन सबैलाई अनुरोध गर्दै आएको छ । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्