×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वित्तीय प्रणाली के हो ? नेपालको वित्तीय प्रणाली कस्तो छ ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार

PRIME CA
laxmi sunrise bank

वित्तीय प्रणाली के हो ? नेपालको वित्तीय प्रणाली कस्तो छ ?

कैलाली । अर्थतन्त्रलाइ गतिशील बनाउन संकलित पूँजी निर्माणलाई आवश्यक परेको क्षेत्रहरुमा प्रवाह गर्नका निमित्त वित्तीय संस्था, वित्तीय उपकरण र वित्तीय मध्यस्थताको सामुहिक स्वरूप नै वित्तीय प्रणाली हो । अर्को शब्दमा भन्नु पर्दा वित्तीय साधनको परिचालन र उपयोग गर्ने कार्यमा संलग्न व्यक्ति ,संस्था ,सरोकारवाला पक्षहरुहरु लाइ सु-व्यवस्थित संचालन र व्यवस्थापन गर्न आवश्यक नीति ,नियम ,परिधिहरु तयार गरि नियमनकारी निकायको समेत व्यवस्था प्रणाली वित्तीय प्रणाली हो । वित्तीय प्रणालीले अर्थतन्त्रमा छरिएर रहेका स-साना बचत एकाइहरु (Surplus sectror) लाइ एकित्रित गरि आवश्यक सम्भावना बोकेको उत्पादनशील क्षेत्र (Deficit Sector) मा परिचालन गर्न एक अहम साधन को रुपमा भूमिका खेलेको हुन्छ।
 
नेपालको वित्तीय प्रणालीको चित्रण :
नेपालको वित्तीय प्रणाली मुख्यतया ५ वटा क्षेत्रहरुहरुको संरचनामा बनेको देखिन्छ जुन मुद्रा बजार (बैंकिङ), पूँजी बजार, बिमा क्षेत्र ,सहकारी र गैर-बैकिङ वित्तीय क्षेत्र रहेका छन् ।
१) मुद्रा बजार : मुद्रा बजारलाइ नियनत्रण र व्यवस्थापन केन्द्रिय बैंक नेपाल राष्ट्र बैंकले गर्दछ । यस क्षेत्रमा बाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र लघु बित्त संस्थाहरु पर्ने गर्दछन् ।
२) पूँजी बजार : यस बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड रहेको छ । बोर्डले, नेप्से, धितोपत्र दलाल, सुचिकृत कम्पनी,क्रेडिट रेटिंग एजेन्सी, म्युचुअल फण्ड,मर्चेन्ट बैंक आदि ,पुंजी बजार संग सम्बन्धित क्षेत्रहरु लाइ नियमन गर्ने गर्दछ ।
३) बिमा कम्पनि : बिमा समिति यस क्षेत्रको नियामक निकाय रहेको छ । यसले जिबन बिमा कम्पनी, निर्जीवन बिमा कम्पनी र रि-इन्स्योरेन्स कम्पनिलाई संचालन र व्यवस्थापन गर्न एक सुपरिबेक्षकको भूमिका निर्बाह गर्दछ ।
४) गैर-बैंकिङ संस्थाहरु : बिशुद्ध बैंकिङ कारोबारमा संलग्न नरही तर वित्तीय कारोबारहरु गर्ने संस्था जस्तै : कर्मचारी संचय कोष, नागरिक लगानी कोष र निक्षेप तथा कर्जा सुरक्षण कोष यस क्षेत्रका उदाहरण हुन् । अर्थमन्त्रालयका नीति, नियम बमोजिम कार्य संचालन र मापदण्ड बमोजिम यस क्षेत्रका संस्थाहरुले कार्य गर्दछन् । ५० बचत तथा ऋण सहकारी संस्थाहरुलाइ सहकारी विभागले नियमन र अनुगमन गर्दछ र सहकारी विभागले तयार पारेक नीति नियम बमोजिम यस क्षेत्र संस्थाहरुले कार्य गर्नुपर्ने हुन्छ ।
अन्त्यमा।
वित्तीय प्रणाली कुनै पनि मुलुकको मरुदण्डको रुपमा हुन्छ किनकी राष्ट्रमा उधोग व्यवसायको विकास, विस्तार, आधुनिकीकरणका अतिरिक्त रोजगारीको अवसर सृजना गरी अर्थतन्त्रलाइ मौद्रिकीकरणमार्फत चलायमान राख्न र अर्थतन्त्रको स्थायित्त्वसंगै दिगो विकास यसैबाट सम्भव हुने भएकोले वित्तीय प्रणालीको प्रबर्धन र सम्बर्धन गर्नमा सरकार, सरोकारवाला पक्षसंगै आम नागरिक सबैको कर्तव्य अनि जिम्मेवारी हो । (लेखक बिशाल श्रीपाइलि सांग्रिला डेभलपमेन्ट बैंक कैलाली शाखामा कार्यरत छन्।)
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: