×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

‘लास्ट रिमाइन्डर’: बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको ८ लाख कित्ता आइपीओ भर्ने बिहिबार अन्तिम दिन

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपीओमा आवेदन दिन आज बिहीबार असोज १४ गते अन्तिम दिन रहेको । यस कम्पनीले असोज ११ गतेबाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो । यसमा माग भन्दा बढी आवेदन परिसकेको छ । लगानीकर्ताले कार्यालय समयसम्म यसमा आवेदन दिन सक्नेछन् । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो ।

यस मध्ये ४० हजार कित्ता सामुहिक लगानी कोष र १६ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केट गरेको छ ।

लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी इक्रा नेपालले बुद्धभूमिको आइपीओलाई औसत भन्दा कम आधार जनाउने ‘इक्रएनपी आइआर डबल बी माइनस’ रेटिङ दिएको छ । यसले ४.९९३ मेगावटको लोवर तादी खोला हाइड्रोपावर आयोजना नुवाकोट जिल्लामा निर्माण गरिरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: