काठमाडौँ । प्रमुख विपक्षी नेकपा एमालेको नाराबाजीकाबीच प्रतिनिधिसभाको दोश्रो बैठकमा बजेटसम्बन्धी अध्यादेश पेश भएको छ । शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई बजेटसम्बन्धी अध्यादेश पेश गर्न समय दिनुभएको थियो ।
बैठकमा मन्त्री शर्माले पेश गर्नुभएको आर्थिक अध्यादेश, २०७८ , राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ र बिनियोजन अध्यादेश २०७८ स्वीकृत भएको छ । त्यसअघि सभामुख सापकोटाले नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवाललाई उक्त अध्यादेश अस्वीकारको प्रस्ताव पेश गर्न समय दिनुभएको थियो ।
सुवालले भने नाराबाजीका बीच विरोधको सूचना पेश नगर्ने बताउनुभएको थियो । तर अध्यादेश पेश नगर्दा फिर्ता लिएको भन्ने ठानिने भएकाले सभामुखले प्रक्रिया अघि बढाउनुभएको थियो । बजेटसम्बन्धी अध्यादेश स्वीकृत भएसंगै वर्तमान सरकारलाई नयाँ बजेट ल्याउने बाटो खुलेको छ । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्