काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले आफ्ना सेयरधनीहरुलाई १६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । बैंकको आश्विन ८ गते शुक्रबार बसेको ३७५औं सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ३.०८७ नगद र १२.९१३ बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो । बैंकको ३.०८७ प्रतिशतका दरले हुन आउने रु. ३८८,२५६,८०७.२४ बराबरको नगद लाभांश (लाभांश कर समेत) गरी बैंकले कुल रु २०१,२३,०७,६९८.३४ वितरण गर्ने भएको छ । हाल बैंकको चुक्ता पुंजी १२ अर्व ५७ करोड रहेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीहरुले प्रस्तावित लाभांश पाउनेछन् ।
बैंकले देशैभरी फैलिएका आफ्ना १८३ वटा शाखा, १२१ वटा एटिएम र १११ वटा शाखारहित बैंकिङ एकाईहरुबाट करिव साढे १२ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । कोरोना भाइरसको महामारीबाट सम्पूर्ण विश्वनै आक्रान्त बनेको अवस्थामा यस बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानी पूर्वक आफ्ना आदरणीय ग्राहकहरुको वित्तीय आवश्यकताहरु डिजिटली प्रदान गरिरहेको छ । साथै कोभिड १९ को त्रास अझै पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहकहरुलाई सकेसम्म बैंकमा नआइकनै बैंकिङ सुविधा प्राप्त गर्न सहज होस् भनी बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ एपमा लग-ईन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न Scan & Withdraw सेवा, मोबाइल बैंकिङको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिन झन्झटबाट मुक्त हुन घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनि गरेको छ । यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने, डिजिटल बैंकिङ सभ्यताको विकास हुने कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्