×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

दिगो विकास लक्ष्यका बिषयमा राजनीतिक अपनत्व र प्रतिबद्धता नहुँदा कार्यान्वयनमा समस्या, गरिबीलाई ५% झार्ने लक्ष्य (भिडियो)

काठमाडौं । दिगो विकास लक्ष्य सुरु भएको ६ वर्ष हुन लाग्दा पनि जनप्रतिनिधिको तहमै जानकारी नभएका कारण कार्यान्वयनमा चुनौती देखिएको बिज्ञहरुले जनाएका छन् । शुक्रबार महिला, कानून र विकास मञ्चले काठमाडौंमा आयोजना गरेको दिगो विकास लक्ष्य कार्यान्वयनका बिषयमा गरेको छलफलका क्रममा उनीहरुले दिगो विकास लक्ष्यका बिषयमा राजनीतिक अपनत्व र प्रतिबद्धता नहुँदा पनि कार्यान्वयनमा समस्या भएको समेत बताएका हुन् ।

कार्यक्रममा दिगो विकास लक्ष्य राष्ट्रिय सञ्जाल नेपालका संयोजक दयासागर श्रेष्ठले जनप्रतिनिधिलाई जानकारी नहुँदा तहगत रुपमा समन्वय र योजना छनोट हुन नसकेको धारणा राख्नुभयो । दिगो विकास लक्ष्यका १७ वटा लक्ष्यमध्ये शान्ति स्थापना, समावेशी र सामाजिक लगाएतका केहि लक्ष्यको प्रगति निराशाजनक रहेको संयोजक श्रेष्ठले बताउनुभयो । दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्ममा गरिबीलाई पाँच प्रतिशतमा झार्ने उल्लेख छ । दिगो विकास लक्ष्य प्राप्तिका लागि वार्षिक रु ६ खर्ब थप बजेट आवश्यक पर्ने समेत बिज्ञहरुले बताएका छन् ।हेर्नुहोस् भिडियोः

 

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: