काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको कात्तिक १२ गते शुक्रबार वार्षिक साधारणसभा हुने भएको हो । उक्त सभा एभरेष्ट होटल नयाँ बानेश्वर काठमाडौंमा दिउँसो ३ बजे सुरु हुने भएको छ । सभामा कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने विशेष एजेण्डा रहको छ ।
यसैगरी आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका विषय पनि पेश हुनेछ । सभामा आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा/नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित हुने भएको छ ।