×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

असोज २५ गतेदेखि एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले २४ लाख ३३ हजार ३६३.६७४२ कित्ता हकप्रद सेयर निष्कासन गर्ने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार

PRIME CA
laxmi sunrise bank

असोज २५ गतेदेखि एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले २४ लाख ३३ हजार ३६३.६७४२ कित्ता हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको १०ः३ अनुपातमा असोज २५ गतेदेखि हकप्रद सेयर खुल्ने भएको छ । बैंकले प्रतिसेयर १०० अंकित मूल्यमा २४ लाख ३३ हजार ३६३.६७४२ कित्ता सेयर निष्कासन गर्न लागेको हो । यस हकप्रदमा लगानीकर्ताले कात्तिक १४ गतेसम्म आवेदन दिन सक्नेछन् ।
भदौ ३१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् । बैंकको हकप्रद सेयरको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल रहेको छ । हकप्रदमा एनआइबिएल एस क्यापिटल तथा एक्सेल डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत आवेदन दिन सक्नेछन् ।
क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले बैंकलाई इक्राएनपी आइआर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । चुक्ता पूँजी वृद्धि गर्ने उद्देश्यले एक्सेलले ३०% हकप्रद ल्याउन लागेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: