Skip to content
LAXMI SUNRISE BANK

मंगलबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य बढेको छ । सोमबार प्रतितोला ८८ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३ सय रुपैयाँले बढेर प्रतितोला ८९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चादीँको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला १ हजार १ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७६ हजार ४ सय  ७५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ९ सय ७७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK