काठमाडौं । साताको कारोबारको अन्तिमदिन शुक्रबार सुनको मूल्य बढेको छ । बिहिबार प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ सयले बढेर ९० हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७७ हजार ९सय ३५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य भने १ हजार २४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।