काठमाडौं । साताको कारोबारको पहिलो दिन आईतबार सुनको मूल्य स्थिर रहेको छ । शुक्रबारप्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज स्थिर नै रहेर सोहि मूल्यमा कारोबार कारोबार भइरहेको छ ।
यता चादीँको मूल्य भने १० रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७६ हजार ३ सय ५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ९ सय ८६ रुपैयाँ कायम गरेको छ ।