Skip to content
LAXMI SUNRISE BANK

शुक्रबार ह्वात्तै घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट !

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य घटेको छ । बिहिबार प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार ४ सय रुपैयाँले घटेर प्रतितोला ८९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चादीँको मूल्य पनि ३० रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७६ हजार ३ सय ९० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ३ रुपैयाँ कायम गरेको छ ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK