काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार सुनको मूल्य घटेको छ । आईतबार प्रतितोला ८९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन २ सयले घटेर आज ८८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता चादीँको मूल्य पनि १५ रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७६ हजार २ सय २० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ९ सय ७३ रुपैयाँ कायम गरेको छ ।