काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ । सोमबार प्रतितोला ८९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३ सय रुपैयाँले घटेर ८९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चादीँको मूल्य पनि ५ रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७६ हजार ३ सय ५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ९ सय ९० रुपैयाँ कायम गरेको छ ।