काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार पनि सुनको मूल्य घटेको छ । मंगलबार प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ सय रुपैयाँले घटेर ८८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चादीँको मूल्य भने स्थिर रहेर प्रतितोला १ हजार १ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७६ हजार २ सय २० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ९ सय ९० रुपैयाँ कायम गरेको छ ।