काठमाडौं । साताको कारोबारको पाचौ दिन बिहिबार पनि सुनको मूल्य घटेको छ । बुधबार प्रतितोला ८८ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सय रुपैयाँले घटेर ८८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चादीँको मूल्य पनि ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७६ हजार ४५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ९ सय ६० रुपैयाँ कायम गरेको छ ।