काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले बोनस सेयर वितरणपछि कायम चुक्ता पूँजीको ४० प्रतिशत (१०ः४) का दरले हकप्रद सेयर जारी गर्ने भएको हो । कम्पनीले कप्रद सेयर जारीका लागि गत बिहिबार नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गरेको हो ।
कम्पनीको हालको चुक्ता पूँजी १ अर्ब १५ करोड ७६ लाख रुपैयाँ छ । ४० प्रतिशत हकप्रद सेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ६२ करोड ६ लाख रुपैयाँ पुग्नेछ ।