×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहीबारदेखि ज्योति विकास बैंक र मञ्जुश्री फाइनान्स कम्पनीको संस्थापक सेयर बिक्रीमा आउँदै, कसको कति ? (विवरणसहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बिहीबारदेखि ज्योति विकास बैंक र मञ्जुश्री फाइनान्स कम्पनीको संस्थापक सेयर बिक्रीमा आउँदै, कसको कति ? (विवरणसहित)

Artha Sarokar

३० भाद्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ज्योति विकास बैंक र मञ्जुश्री फाइनान्सको संस्थापक समूहको सेयर बिक्री खुला हुने भएको छ । दुवै कम्पनीको भोलि बिहीबारदेखि संस्थापक समूहको सेयर बिक्री खुला हुने भएको हो ।
जसमा ज्योतिको १ लाख ८१ हजार ४७० कित्ता र मञ्जुश्री फाइनान्सको ९५ हजार १६६ कित्ता सेयर रहेको छ । लगानीकर्ताले ज्योतिको सेयरमा न्यूनतम १८५ रुपैयाँ र मञ्जुश्रीको सेयरमा २७५ रुपैयाँ न्यूनतम रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले  न्यूनतम १००० कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि कात्तिक ३ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाटमा बुझाउन सकिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी