×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्णालीमा खाद्यबालीको उत्पादन बढ्दा तरकारीको उत्पादन घट्यो, राष्ट्र बैंकले सार्वजनिक गर्यो यस्तो अध्ययन प्रतिवेदन !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कर्णालीमा खाद्यबालीको उत्पादन बढ्दा तरकारीको उत्पादन घट्यो, राष्ट्र बैंकले सार्वजनिक गर्यो यस्तो अध्ययन प्रतिवेदन !

Artha Sarokar

३१ भाद्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कर्णाली । कर्णाली प्रदेशमा खाद्यबालीको उत्पादन बढेको र तरकारी उत्पादन घटेको अध्ययनले जनाएको छ । नेपाल राष्ट्र बैंकको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०७७/७८ का अनुसार कर्णालीमा खाद्यबालीले ढाकेको भूक्षेत्र २.६९ प्रतिशत र ६.५२ प्रतिशतले उत्पादनमा वृद्धि भएको छ ।
यहाँ धानबाली ३.८१, मकै र कोदोबाली १७.४५ प्रतिशतले उत्पादन बढेको छ भने तरकारी उत्पादन २.२६ प्रतिशतले घटेको देखिएको छ । गत वर्ष सोही अवधिमा तरकारी उत्पादन २५ प्रतिशतले बढेको थियो । तरकारी उत्पादन सबैभन्दा बढी सल्यान र कम उत्पादन हुम्लामा भएको प्रतिवेदनले जनाएको छ । पशुजन्य उत्पादन अण्डा, मासु, माछा उत्पादन बढेको छ भने दुग्धजन्य उत्पादन ०।६९ ले कमी आएको छ । कोरोना महामारीबाट सिर्जित बन्दाबन्दी तथा निषेधाज्ञाका कारण तरकारी र दूधजन्य पदार्थको उत्पादनमा कमी आएको अध्ययनको निष्कर्ष छ ।
नेपाल राष्ट्र बैंक कर्णाली प्रदेश कार्यालयका प्रमुख विनय सिग्देलले आर्थिक वर्ष २०७६/७७ को चैतदेखि २०७८/७९ को भदौसम्म कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि अवलम्बन गरिएको पटक/पटकको बन्दाबन्दीले प्रादेशिक अर्थतन्त्रमा सङ्कुचन ल्याएको बताउनुभयो । राष्ट्र बैंकले सबैभन्दा बढी असर पर्यटन क्षेत्रमा परेको देखिएको छ । यहाँ पर्यटक आवागमनको सङ्ख्या ९४.९६ प्रतिशतले घटेको छ । पर्यटकस्तरीय होटल तथा लजको सङ्ख्या ६.४३ प्रतिशतले घटे पनि होटलका बेड सङ्ख्या भने १२ प्रतिशतले बढेको छ ।
राष्ट्र बैंक कर्णाली प्रदेश कार्यालयले गरेको समीक्षा अवधिमा घरजग्गा रजिष्टे«शन र राजस्वमा उल्लेख्य वृद्धि भएको देखिएको छ । रजिष्टे«शन सङ्ख्या ५७ प्रतिशत र राजस्व १६२ प्रतिशतले वृद्धि भएको छ । यातायातका साधनको सङ्ख्यामा २.८३ प्रतिशतले कमी र सरकारी सामुदायिक चिकित्सकको सङ्ख्यामा २९.७३ प्रतिशतले वृद्धि भएको छ । सरकारी विद्यालयको सङ्ख्या ०.९४ प्रतिशतले घटेको छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाले औद्योगिक कर्जातर्फ कुल कर्जाको १५.७० र कृषि प्रवाहतर्फ ७.७४ प्रतिशत कर्जा प्रवाह गरेको प्रतिवेदनमा उल्लेख छ ।
प्रदेशमा सञ्चालनमा आएका साना तथा घरेलु उद्योगको सङ्ख्या १७ हजार ६३ रहेको छ । प्रदेशमा वाणिज्य बैंकका १९०, विकास बैंकका १७, वित्त कम्पनी चार, लघुवित्त विकास बैंक १९५ गरी ४०६ शाखा छन् । तीमध्ये सबैभन्दा बढी सुर्खेतमा १३२ र मुगुमा १० शाखा छन् । प्रदेशमा राजमार्ग र सहायकमार्ग गरी दुई हजार ७२५ किमी सडक सञ्जाल, सात विमानस्थल चालू अवस्थामा र यहाँबाट उत्पादित सात मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी