×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबारदेखि रिले अनशन बस्ने तयारीमा लगानीकर्ता (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बुधबारदेखि रिले अनशन बस्ने तयारीमा लगानीकर्ता (भिडियो)

Artha Sarokar

२२ भाद्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ल्याएको मार्जिन कर्जामा १२ करोडको सिलिङ हट्नुपर्ने लगायतका विभिन्न माग राख्दै पुँजी बजार सुधार संघर्ष समितिले राष्ट्र बैंकलाई ज्ञापन पत्र बुझाएको छ । संघर्ष समितिले विभिन्न नीतिमार्फत् आफुहरुलाई पिल्साउन खोजिएको भन्दै १८ बुँदे माग राखि सोमवार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता देव कुमार ढकाल समक्ष ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा लघुवित्त कम्पनीहरुले वितरण गर्ने लाभांशमा लगाइएको क्याप हटाउनुपर्ने, प्रोभिजनिङ्कको व्यवस्था परिमार्जन गर्नुपर्ने लगायतका विभिन्न मागहरु राखिएको छ । साना लगानीकर्ता आदित्य शिवाकोटीले लगानीकर्ताहरुको भविष्यमाथि खेलवाड गर्ने काम भएकाले आफुहरुले १८ बुँदे ज्ञापन पत्र बुझाएको र माग पुरा नहुञ्जेलसम्म निरन्तर आन्दोलनमा उत्रिने बताउनुभयो । उहाँले आफुहरुको माग पुरा नभए भदौ २३ गतेदेखि २९ गतेसम्म रिले अनशन बस्ने र ३० गतेदेखि आमरण अनशन बस्ने चेतावनी पनि दिनुभयो ।
लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंक अगाडी १२० दिनको औसत मुल्य कायम गर, सेयर बजार जुवा होइन जिविका हो, गर्भनरलाई बर्खास्त गर लगाएका प्लेकार्ड तथा व्यानरसहित प्रदर्शन र नाराबाजी समेत गरेका थिए । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी