काठमाडौं । लक्ष्मी क्यापिटल मार्केटको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको १३औं वार्षिक साधारणसभा असोज २४ गते आइतबार हुने भएको हो । उक्त सभा लक्ष्मी बैंकको कार्यालय हात्तिसार काठमाडौंमा बिहान ११ बजेदेखि हुने भएको छ ।
सभामा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ४ करोड ५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन लगायतका प्रस्ताव पनि पेश गरिने भएको छ । आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेण्डा पनि रहेको छ ।